तनहुँ : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा म्याग्दे गाउँपालिका–२ जामुने पिपलडिही निवासी रमेश अधिकारीले आर्थिक सहयोग गर्नुभएको छ । अधिकारले कोषका लागि २५ सय ५१ रुपैयाँ महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
जामुनेको पिपलडिही टोल विकास संस्थाका अध्यक्ष रहनुभएका अधिकारीले सञ्चारकर्मीकाे हितमा प्रयोग हुने कल्याकारी कोषमा आफूले स्वतस्फुत सहयोग गरेको बताउनुभयो । व्यवसायी समेत रहनुभएका अधिकारीले कल्याणकारी कोष स्थापना गर्नु राम्रो काम भएको बताउनुभयो । कोषमा रकम प्रदान गर्नुभएकामा शाखा अध्यक्ष उज्वल पौडेलले धन्यवाद व्यक्त गर्नुभयाे ।
नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोषमा सहयाेग गर्नका लागि पत्रकारहरू, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिहरुलाई आग्रह गरिएकाे छ ।