थर्पुमा औषधि बाहेक सबै पसल बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पुमा औषधि बाहेक सबै पसल बन्द

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : कोरोनाको जोखिम बढ्दै गएपछि म्याग्दे गाउँपालिकास्थित थर्पु बजारमा औषधि बाहेकको सबै पसल पूर्ण रुपमा बन्द हुने भएको छ । उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाइले सोमबार बिहान ९ बजेबाट २१ गतेसम्म औषधि बाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको हो।

    खाद्यान्न, औषधि लगायतका अत्यावश्यक पसल बिहान ९ बजेसम्म सञ्चालन हुँदै आएको थियो । थर्पुमा पनि कोरोना सङ्क्रमित बढेपछि यस्तो निर्णय गरिएको इकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । उहॉले अत्यावश्यक काम बाहेक अनावश्यक हिँडडुल नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।