पोखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको परीक्षण गरिएकामा ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा कोरोना सङ्क्रमण भएपनि आइतबार ३२ प्रतिशतमा मात्रै कोरोना सङ्क्रमण भएको छ । यसले कोरोना सङ्क्रमण दर घटेको देखिएको हो ।
पछिल्लो २४ घण्टामा प्रदेशभरका ८५९ निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।