तनहुँ : नेपाली काङ्ग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारी र नेपाली काङ्ग्रेस तनहुँ १ (ख) का संयोजक राजेन्द्र पियाको सक्रियता तथा पार्टीका शुभेच्छुकको सहयोगमा बन्दीपुर गाउँपालिकाभित्रका ग्रामीण भेगमा स्वास्थ्य सामग्री पठाइएको छ। डुम्रे निवासी अधिकारीको सहयोगमा बन्दीपुर-१,५ र ६ का लागि पॉच हजार थान मास्क र दश लिटर स्यानीटाइजर पठाइएको हो ।
कोभिड सङ्क्रमण बढ्दै गएकाले जनतालाई सुरक्षित राख्नका लागि अधिकारीले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो।
बन्दीपुरका विभिन्न वडामा कोरोना सङ्क्रमित बढेकाले सङ्क्रमण फैल्न नदिन स्वास्थ्य सामग्री पठाइएको काङ्ग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । बॉकी वडाहरुमा पनि आवश्यकता बमोजिम स्वास्थ्य सामग्री पठाइनेछ ।
यसैबीच कोरोना सङ्क्रमण भई उपचारमा रहँदा बन्दीपुर-२ का होम बहादुर नेपालीलाई कोषाध्यक्ष गुरुङले सहयोग गर्नुभएको थियो ।