मनपाङ स्वास्थ्य चौकीलाई थर्पु इकाईद्वारा स्वास्थ्य सामग्री प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    मनपाङ स्वास्थ्य चौकीलाई थर्पु इकाईद्वारा स्वास्थ्य सामग्री प्रदान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे-६ स्थित मनपाङ स्वास्थ्य चौकीलाई उद्योग वाणिज्य सङ्घ थर्पुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन इकाईले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    स्वास्थ्यचौकीलाई ५०० पिस मास्क, ५ लिटर स्यानीटाइजर, १० वटा फेसशिल्ड, २ प्याक ग्लब्स, एक थान डस्टबीन सहयोग गरिएको इकाई सभापति भिमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

    तनहुँ उद्योग वाणिज्य सङ्घ कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ इकाईले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा सहयोग पुर्याउँदै आएको छ।