पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गर्नुभएको हो ।
मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बन्नुभएको थियो ।
मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो । त्यसअघि पोखराबाट नै कांग्रेसका गुण्डा नाइके गणेश लामा पक्राउ परेका थिए ।
मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाउनुभएको थियो। त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले मन्त्रालय विस्तार गर्दा मनाङेलाई मन्त्री बनाउनुभएको थियो ।
मनाङे सदन विघटन रोक्न आफूले विपक्षीलाई साथ दिने भन्दै बिहीबारबाट सम्पर्कविहिन हुनुभएको थियो।