तनहुँ : सोमबारदेखि देशभर लगायत तनहुँमा पनि निरन्तर वर्षा भइरहेको छ । अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तरको झरीले बाढीपहिरोको घटना बढिरहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा गरिएको मापन अनुसार दमौलीमा १ सय ५२ मिलिलिटर पानी परेको छ । त्यस्तै श्याम्घामा ७४.२ मिलिलिटर, खैरेनीटारमा एक सय २ मिलिलिटर, विमलनगरमा ६० मिलिलिटर, बन्दीपुरमा ६५.४ मिलिलिटर र अत्रौलीमा एक सय १५ मिलिलिटर पानी परेको छ ।