तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्देका एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
म्याग्दे-४ का ४१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उहॉमा जेठ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
८७ सङ्क्रमित थपिए
यसैगरी पछिल्लो २४ घण्टामा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । ४५ महिला र ४२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।