स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

    खबरपुञ्ज संवाददाता

    २ असार २०७८, बिहीबार

    एजेन्सी : स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

    गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे । 

    जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।