अधिवक्ता श्रेष्ठद्वारा जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    अधिवक्ता श्रेष्ठद्वारा जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७८, बिहीबार

    दमौली : पछिल्लो समय मानिसमा बीमाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । जन्मदिन होस वा पास्नी( भात खुलाउने ) जस्तो शुभ अवसरमा आफ्ना सन्तानलाई बचत र सुरक्षा दुबै हुने भए पछि बीमा पोलिसी प्रदान गर्ने प्रचलन बढ्दै गएको हो ।

    सन्तानको भविष्यका लागि बचत पनि हुने र जीवनमा अकस्मात आइपर्ने जोखिम बहन पनि हुने भए पछि नेपाली समाजमा जीवन बीमाको महत्त्व झन थपिदै गएको छ । कतिपय अभिभावकहरुले समाजमा कथाकथित दाइजो प्रथा विरुद्धमा समेत जीवन बीमाको पोलिसी प्रदान गरिरहेका छन् ।

    यसरी आफ्नो सन्तानको सुखद भविष्यको कामना गर्दै व्यास-३ सिर्जनाटोल निवासी अधिवक्ता त्रिभुवन श्रेष्ठले छोरी त्रिसलालाई ५ लाखको पोलिसी जन्म दिनको उपहार स्वरुप प्रदान गर्नुभएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाबाट उक्त पोलेसी खरिद गरि जन्म दिनको अवसरमा उहॉले प्रदान गर्नुभएको हो ।

    श्रेष्ठले छोरीको २० औ जन्म दिनको अवसर पारेर सावधिक जीवन बामा योजना अन्तरगत ५ लाख रुपैयाँको बीमा पोलिसी प्रदान गरेको बताउनुभयो । जीवन बीमाले अनिवार्य बचत र सुरक्षाको रुपमा कार्य गर्ने भएकाले यस्ता कार्यले समाज रुपान्तरणमा सकारात्मक टेवा पुग्ने उहॉको भनाई छ ।