तनहुँमा सप्ताहव्यापी ओलम्पिक दिवस मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा सप्ताहव्यापी ओलम्पिक दिवस मनाइने

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७८, शुक्रबार

    तनहुँ : तनहुँ जिल्लामा असार ५ देखि ९ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी ओलम्पिक दिवस मनाइने भएको छ ।

    हरेक वर्ष जुन २३ मा अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाइने हुँदा यस वर्ष पनि नेपाल ओलम्पिक दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि जिल्ला खेलकुद विकास समिति तनहुँका निवर्तमान अध्यक्ष ऋषिराम भुषालको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

    सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते ओलम्पिक खेल शिर्षकमा विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता, असार ७ गते ओलम्पिक खेल सम्बन्धमा चित्रकला प्रतियोगिता, ९ गते कार्यक्रमको अन्तिम दिन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई जिल्लाको तर्फबाट पुरस्कर वितरण गर्दै ओलम्पिक सप्ताह समापन गरिने भुषालले बताउनुभयो ।

    जिल्लामा उत्कृष्ट प्रथम,द्वितीय र तृतीयलाई प्रदेश ओलम्पिक कमिटी मार्फत केन्द्रिय ओलम्पिक कमिटीमा पठाइने र उक्त प्रतियोगितामा देशभरबाट छ्नोट गरि प्रथम,द्वितीय र तृतीयलाई नगद पुरस्कर र प्रमाणपत्र प्रदान गरिने मूल समारोह समितिका संयोजक समेत रहेका ऋषिराम भुषालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।