विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७८, शुक्रबार

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । बाढी पीडितको अवस्था बुझ्न मनाङ पुग्नुभएका मुख्यमन्त्री पोखरेल पोखरा फर्किनुभएको छ ।

    नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज मत लिन लाग्नुभएको हो ।

    गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन रहेको छ । आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गर्नुहुने भएको छ ।