पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार अवसरवादीहरुको गठबन्धन भएको बताउनुभएको छ ।
प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि बोल्नेक्रममा गुरुङले यस्तो बताउनुभएको हो । उहॉले आफ्नो पार्टी एमालेले विश्वासको मत दिन नसक्ने बताउनुभयो।
‘मुख्यमन्त्रीप्रति मेरो सद्भाव छ तर, अवसरवादीहरुको गठबन्धनको सरकार हो यो। विश्वासको मत दिन एमालेले सक्दैन,’ उहॉले भन्नुभयो, ‘हामी निरपेक्ष विरोध र समर्थन गर्दैनौं। प्रदेशको गौरव उठाउने कार्यमा हाम्रो समर्थन रहन्छ।’
संघीयताको कार्यान्वयनमा कहाँ समस्या छन् भन्नसक्ने प्रतिपक्षी बन्ने गुरुङले बताउनुभयो ।