पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पोख्रेलले शुक्रबार संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम पोख्रेलले विश्वासको मत लिनुभएको हो । मुख्यमन्त्री पोख्रेलको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको छ ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा पोख्रेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेको भए संसद विघटन भई ६ महिनाभित्र निर्वाचन गर्नुपर्दथ्यो ।