‘परीक्षणको दायरामा आउन नमान्दा सङ्क्रमणदर घटाउन असहज’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘परीक्षणको दायरामा आउन नमान्दा सङ्क्रमणदर घटाउन असहज’

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७८, शुक्रबार

    तनहुँ : कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरु परीक्षणमा आउन नमान्दा सङ्क्रमणदर घटाउन असहज भएको निष्कर्ष निकालिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा शुक्रबार बसेको दशवटै स्थानीय तहका प्रमुख सहित सरोकारवालाको बैठकले कोभिड महामारीको वस्तुस्थिति तथा तथ्यगत विवरणको समिक्षा गरिएको छ ।

    बैठकमा लक्षणयुक्त बिरामीहरु परीक्षणको दायरामा आउन नमान्ने कारणबाट सङ्क्रमणदर घटाउन असजिलो भएको निष्कर्ष निकालिएको छ।

    बैठकमा जिल्लामा भइरहेको निषेधाज्ञा केही खुकुलो गरि जनजीवन सामान्य गराउने विषयमा छलफल भएको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

    उहॉका अनुसार हालसालै परेको अविरल वर्षाका कारण भएका क्षतिहरुको पनि जानकारी लिँदै तत्सम्बन्धमा पालिकाहरुले समयमा नै सजगता अपनाउन र आगामी बजेट, नीति तथा कार्यक्रममा जोड दिने निर्णय गरेको छ ।

    सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा बालबिकासका सहयोगी शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई उपलब्ध गराईने पारिश्रमिक स्थानीय तहलाई थप आर्थिक भार पर्ने र वर्तमान परिप्रेक्ष्यमा कोभिड महामारीको उपचारमा स्थानीय तहलाई ठूला बजेट खर्च गर्नुपर्ने भएकोले उक्त निर्णय कार्यनयन गर्न चुनौती रहेको बैठकमा पालिका प्रमुखहरुले बताएका थिए । “त्यसका लागि सङ्घीय सरकारकै तर्फबाट सम्पूर्ण खर्च व्यहोर्न उपयुक्त हुने हुँदा नेपाल सरकार शिक्षा मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ,” गुरुङले भन्नुभयो ।