कोरोना सङ्क्रमण : भानुका वृद्धको मृत्यु, ८८ थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : भानुका वृद्धको मृत्यु, ८८ थपिए

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७८, शनिबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–३ का ७० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको हो । उहाँमा जेठ ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यसैगरी शनिबार तनहुँमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ४६ महिला र ४२ पुरुष छन् । ३४ जना एन्टिजेन परीक्षणबाट पहिचान भएका हुन् ।