तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले मर्स्याङ्दी नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन सर्वसाधारणमा आग्रह गरेको छ । मनाङको डिस्याङ गाउँपालिकास्थित हुम्दे भन्ने स्थानमा शनिबार थुनिएको मर्स्याङ्दी नदी खोलिदै गएकाले थप बाढी आउन सक्ने भएकाले प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रशासकीय अधिकृत राममणि मिश्रद्वारा जारी सूचनामा नदी तटीय क्षेत्रका वासिन्दालाई सचेत हुन आग्रह गरिएको हो ।