जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जातका कारण कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७८, आईतवार

    पीडित रुपा सुनार

    काठमाडाै : जातका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिएको आरोपमा एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जातकै कारण कोठ नदिएको भन्दै रूपाले दिएको उजुरीका आधारमा काठमाडौंको बबरमहलकी प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो। 

    घरबेटी प्रधानलाई बबरमलबाटै आज (आइतबार) पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता रमेश बस्नेतले बताउनुभयाे । इमेज टेलिभिजनकी कार्यक्रम प्रस्तोतासमेत रहनुभएकी रूपा आफ्नी साथीसँग गत मंगलबार बबरमहलमा कोठा खोज्न जाँदा सुरूमा घरबेटी प्रधानले कोठा दिने कुरा गरेकी थिइन्।

    तर जात सोधेपछि यथार्थ बताउँदा कोठा दिन इन्कार गरेपछि रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै प्रधानविरुद्ध गत बिहीबार वृत्तमा जाहेरी दिनुभएकाे थियाे । जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरिएको वृत्तले जनाएको छ। त्यस्तो कसुर गरेको ठहरिए तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि २ लाख रूपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।