पूर्वाधार विकास समितिद्वारा योजना अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पूर्वाधार विकास समितिद्वारा योजना अनुगमन

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७८, आईतवार

    तनहुँ : स्थानीय पूर्वाधार विकास समिति तनहुँ क्षेत्र नं २ को योजना अनुगमन सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।०७८ मा विनियोजन भएको स्थानीय पूर्वाधार विकास योजनाको अनुगमन गरिएको हो । विघटित प्रतिनिधि सभा सदस्य केदार सिग्देलका प्रतिनिधि राजेश्वर ढकालले तनहुँको क्षेत्र नं २ मा भएको वजेट विनियोजन र कामको निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

    गत आर्थिक वर्षमा विनियोजन भएको काम अन्तरगत ऋषिङ गाँउपालिकाको शिव सरास्वती माविको भवन निर्माण, भिर्कोटमा रहेको सिसेरा खानेपानी योजना, गोठादीमा रहेको श्रृङ्ग माविको भवनको तला थप, सोही ठाँउमा रहेको युवा समूहको भवन निर्माणको निरीक्षण गरिएको छ ।

    यसैगरि भीमाद नगरपालिका-३ मा रहेको लोकतान्त्रिक मोटरमार्ग, म्याग्दे गाउँपालिकामा रहेको पक्की कालोपत्रे मार्ग पनि अनुगमन गरिएको छ ।
    ​विनियोजित बजेटको कार्ययोजना, प्रगति सन्तोषजनक रहेको ढकालले बताउनुभयो ।

    काम सम्पन्न हुन बॉकी रहेका योजनामा तत्काल कार्य सम्पन्न गर्न समेत उहॉले आग्रह गर्नुभयो । उक्त योजनामध्ये ९० प्रतिशत कार्य सम्पन्न भईसकेको र असार मसान्त भित्र बॉकी योजना समेत सम्पन्न हुने उहॉले बताउनुभयो । सो अवसरमा नेकपा एमाले तनहुँका सचिवालय सदस्य हरिराज कडेल, स्थानीय जनप्रतिनिधी तथा सरोकारवाला सहभागी हुनुहुन्थ्यो ।