पिसीआरका लागि पैसा उठाउने जिपीका चार कर्मचारीको करार सम्झौता रद्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पिसीआरका लागि पैसा उठाउने जिपीका चार कर्मचारीको करार सम्झौता रद्द

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    दुलेगाैडा : पिसीआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि निलम्बन परेका चार कर्मचारीको करार सम्झौता रद्द गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीसँगको करार सम्झौता रद्द गरेको हो ।

    फार्मेसिष्ट सुधन पन्त, ल्याव टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी मदन श्रेष्ठलाई असार ७ को निर्णय बमोजिम निलम्बन भएको मितिदेखि नै तलब लगायतका सुविधा नपाउने गरी करार सम्झौता रद्द गरिएको निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाई हुने र निजीबाट रिपोर्ट उपलब्ध गराइदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने चार कर्मचारीलाई उपचार केन्द्रले गत जेठ १७ गते निलम्बन गरेको थियो ।

    निजहरुलाई प्रथम पटक दुई दिनको समय र दोस्रो पटक २४ घण्टाको समय दिई स्पष्टीकरण सोधिएकामा निजहरुले पेश गरेको जवाफबाट अस्पताल प्रशासन सन्तुष्ट हुन नसकेको बताइएको छ । निजहरुलाई यसभन्दा अघि पनि पटक पटक लिखित वा मौखिक रुपमा सचेत गराई बानी व्यवहारमा सुधार ल्याउन अस्पताल प्रशासनबाट मौका दिइएको तथा सरकारी कर्मचारीले पालना गर्नुपर्ने नियम, कानून र अनुशासनको साथसाथै निजहरुले केन्द्रसँग गरेको करार सम्झौताको समेत विपरित कार्य गरेको केन्द्रले जनाएको छ ।