दृष्टिविहिन परिवारलाई सुजनको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दृष्टिविहिन परिवारलाई सुजनको सहयोग

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    दमौली : व्यास-१२ लामीडॉडा भुजेल गाउँका दृष्टिविहिन परिवारलाई जापानमा रहनुभएका सुजन लालचनले आर्थिक सहयोग गर्नुभएको छ । व्यास-२ घर भई हाल पोखरा रत्नचोक बसाई सर्नुभएका लालचनले उक्त परिवारलाई रु दश हजार बराबरको सहयोग गर्नुभएको हो।

    उहॉले आवश्यक सामान गाग्री, कसौंडी, कराइ, डाडु,पनियो,प्लेट, खाद्यान्न र नगद रु पॉच हजार सहित दश हजार बराबरको सहयोग गर्नुभएको छ।

    यो परिवारमा ७ वर्षीया छोरी सविना भुजेलले मात्र ऑखा देख्न सक्छिन् । बुबा, आमा र तीन वर्षीय छोरा दृष्टिविहिन छन् । भुजेल परिवारलाई दैनिकी गुजारा गर्न समस्या भएको थाहा पाएपछि सुजनले सहयोग गरेको युवा अभियान्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो ।