भलिबलमा कालीभञ्जन (वि) विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भलिबलमा कालीभञ्जन (वि) विजयी

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७८, मंगलवार

    दमौली : ओलम्पिक दिवसको अवसरमा मङ्गलबार सम्पन्न भलिबल प्रतियोगितामा व्यास-५ चापाघाटस्थित कालीभञ्जन गण (वि) विजयी भएको छ । ओलम्पिक दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तरगत भएको खेलमा कालीभञ्जन (ए) र (वि) बीच प्रतिस्पर्धा भएको थियो ।

    खेलमा कालीभञ्जन गण (वि) ले (ए) लाई ३-२ सेटले पराजित गरेको छ । विजेतालाई गणका गणपति प्रमुख सेनानी मनोज गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    कार्यक्रममा ओलम्पिक कमिटीका तनहुँ सयोजक ऋषिराम भुषाल, एन्फा उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, क्याम्पो खुकुरी मार्सल आर्टका केन्द्रीय सदस्य रमेशकुमार श्रेष्ठ, जिल्ला भलिबल सघ तनहुँका अध्यक्ष पदम सुनार, तनहुँ टेबलटेनिसका जिल्ला अध्यक्ष कविराज श्रेष्ठ लगायतको सहभागिता थियो ।

    ओलम्पिक दिवसका अवसरमा जिल्लामा चित्रकला, निबन्ध प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएको छ । बुधबार बिहान दिवसको समापनको कार्यक्रम रहेको छ ।