टेलिकमको नेटवर्कमा समस्या ! टावर छ, फोन लाग्दैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टेलिकमको नेटवर्कमा समस्या ! टावर छ, फोन लाग्दैन

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बुधबार

    दमौली : दमौली लगायत देशका विभिन्न ठाउँमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।

    मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ । यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन ।

    टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारण समस्या देखिएको भन्ने खुलेको छैन ।