२ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बुधबार

    काठमाडौँ : झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ । आज बिहान २ घण्टासम्म नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन लागेको थिएन ।

    नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ ।

    बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो ।

    पोस्टपेड र प्रिपेड नम्बरमा फोन नलागे पनि एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको थियो ।