ओलम्पिक दिवस मनाइयो, निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ओलम्पिक दिवस मनाइयो, निबन्ध प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बुधबार

    दमौली : अन्तराष्ट्रिय ओलम्पिक दिवसको सप्ताहव्यापी कार्यक्रम बुधबार मनाइएको छ । ओलम्पिक कमिटी तनहुँको आयोजनामा दिवसको अवसरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

    विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा क्यामिन माविका उमन न्यौपाने प्रथम, दमौली मोडल एकेडेमीका देवीका पाण्डे द्वितीय र बालमन्दिर माविका रिया थापा तृतीय हुनुभएको छ । निबन्ध प्रतियोगितामा ५१ विद्यार्थीको सहभागिता थियो ।

    विजयी विद्यार्थीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अरुण पौडेल, ओलम्पिक कमिटीका संयोजक ऋषिराम भुषाल लगायतले पुरस्कार वितरण गर्नुभयो ।

    कार्यक्रममा समन्वय समितिका प्रमुख वाग्लेले ओलम्पिक दिवसले खेलकूदको महत्व अझै बढाएको उल्लेख गर्नुभयो । नेपालमा विभिन्न विधामा खेलकूद सञ्चालन भइरहेको र खेलकूदको विकासका लागि प्रयास भइरहेको बताउनुभयो । तरपनि खेलकूदमा आशातित सफलता प्राप्त हुन नसकेको वाग्लेको भनाई थियो ।

    सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख पौडेल, जिल्ला खेलकुद विकास समितिका सचिव तुल्सीराम पाण्डे, टेबलटेनिस सङ्घका अध्यक्ष कविराज श्रेष्ठ लगायतले खेलकुदको महत्वबारेमा प्रकाश पार्नुभएको थियो ।

    यसैगरी दिवसकै अवसरमा कालीभञ्जन गण (ए) र (वी) बीच भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा (वी) टिम विजयी भएको थियो ।