काठमाडाै : टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा हुनुभएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उहाँको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयाे । यसअघि प्रहरीले सरस्वती प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।