दमाैली : लायन्स क्लव अफ तनहुँ व्यास सिटीमार्फत् १ सय ८० विपन्न परिवारले खाद्यान्न पाएकाे छ । काेराेना कहर र निषेधाज्ञाका कारण चुल्हाे बल्न नसकेका घर पहिचान गरी क्लवले खाद्यान्न वितरण गरेकाे हाे ।
‘सकेकाले दिनुहोस् नसकेकाले लिएर जानुहोस्’ भन्ने नारा सहित क्लवले फूडबैङ्क मार्फत् दमाैली र आसपासका परिवारलाई खाद्यान्न सहयाेग गरेकाे क्लवका अध्यक्ष कुमार मल्लले जानकारी दिनुभयाे । क्लवकाे याे अभियानमा दमाैली बजार क्षेत्रका व्यवसायी, क्लवका सदस्य तथा अन्य व्यक्तिहरुले सहयाेग गरेका थिए ।
क्लवले याे अभियानलाई हाल स्थगित गरेकाे छ । निषेधाज्ञा खुकुलाे हुँदै गएकाले अभियान हालका लागि स्थगित गरिएकाे मल्लले बताउनुभयाे । ” पुनः यस्ता विभिन्न विपत्तिमा हाम्रो क्लब सहयोगको लागि सदैव तयार छ,” उहाँले भन्नुभयाे ।