आँबुखैरेनीको बजेट ६१ करोड ७० लाख, यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको बजेट ६१ करोड ७० लाख, यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठ)

    खबरपुञ्ज संवाददाता

    १० असार २०७८, बिहीबार

    आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु ६१ करोड भन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित गाउँपालिकाको नवौ सभामा उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले आगामी वर्षका लागि अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

    गाउँपालिकाले आगामी वर्षका लागि कूल रु ६१ करोड ७० लाख ६१ हजार बजेट विनियोजन गरेको छ । उपाध्यक्ष श्रेष्ठका अनुसार आर्थिक विकासतर्फ रु पाँच करोड २७ लाख ४५ हजार, सामाजिक विकासतर्फ रु २१ करोड २३ लाख ९० हजार, पूर्वाधार विकासतर्फ रु १७ करोड ९ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धिततर्फ रु एक करोड २७ लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ रु ९ करोड ८२ लाख १६ हजार र सामाजिक सुरक्षातर्फ रु सात करोड विनियोजन गरिएको छ ।

    May be an image of 3 people, people standing, balloon and indoor
    May be an image of 1 person and standing

    प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलका अनुसार कूल बजेटमध्ये गाउँपालिकातर्फ रु ४८ करोड ४० लाख, वडा समितितर्फ रु ६ करोड ३० लाख र सामाजिक सुरक्षा तर्फ रु ७ करोड विनियोजन गरिएको छ ।

    May be an image of 4 people and people standing
    May be an image of 4 people and people standing

    गाउँपालिकाले बेरोजगारलाई रोजगारी दिन एक घर ः एक रोजगार कार्यक्रम, विद्यावारिधी गर्न जानेलाई अनुदान लगायतका व्यवस्था गरेको अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड १९ का कारण तथा वैदेशिक रोजगारीबाट फर्केका वा स्वदेशमै उद्यम गर्न उत्साहित युवाहरुलाई प्रोत्साहन गर्न युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।

    गाउँपालिकाभित्रका बाँझो जग्गा व्यवस्थापन गर्न बाँडो जग्गाको लगत सङ्कलन गरिने र लगत सङ्कलन पश्चात् सो को व्यवस्थापन कार्यक्रम अगाडी बढाउने थापाले बताउनुभयो ।

    कृषक, विपन्न, गरिब, सामाजिक रुपमा पिछडिएका साना कृषकहरु, एकल महिला परिवारको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पु¥याउन किसान उत्थान कार्यक्रम सञ्चालन गरिनेछ ।

    आँधीमूल मन्दिर, अकला मन्दिर, शिव मन्दिर, हिलेखर्क, पञ्चकन्या, बौद्ध मन्दिर, कृष्ण मन्दिर, ऐनापहरा लगायतका धार्मिक तथा पर्यटकीय स्थलको विकास निर्माण तथा व्यवस्थापनलाई निरन्तरता दिइने थापाले बताउनुभयो ।

    पूर्णपाठ

    निति-तथा-कार्यक्रम-२०७८।७९-aanboo