मनाङका बाढीपीडितलाई युवा सङ्घ तनहुँको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मनाङका बाढीपीडितलाई युवा सङ्घ तनहुँको सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    तनहुँ : अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित मनाङका सर्वसाधारणलाई राष्ट्रिय युवा सङ्घ तनहुँले सहयोग गरेको छ । युवा सङ्घले मनाङका बाढीपीडितका लागि रु ७० हजार सहयोग गरेको हो ।

    युवा सङ्घले विभिन्न पालिकाबाट सङ्कलन गरेको उक्त रकम बिहीबार युवा सङ्घका गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङलाई हस्तान्तरण गरिएको छ । युवा सङ्घ तनहुँका अध्यक्ष उज्वल खनालले विपत्तिको बेला बाढीपीडितलाई सहयोग गर्नु सबैको दायित्व रहेको बताउनुभयो । युवा सङ्घ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले प्रदेश कमिटीको अभियानलाई सार्थक बनाउन बाढीपहिरो प्रभावित क्षेत्रमा सहयोगको अपिल गरिएको बताउनुभयो ।

    यस अभियानका लागि जिल्ला संयोजक उज्वल खनालमार्फत् रु सात हजार, भिमादका निमेष गुरुङ र माधव थापा मार्फत् रु १५ हजार, व्यासका माधव अधिकारी, मदन तिमिल्सिना, अजित पन्थमार्फत् रु दश हजार, शुक्लागण्डकीका इश्वर श्रेष्ठ र सुरेन्द्र तामाङमार्फत् रु पाँच हजार, देवघाटका सुकु गुरुङमार्फत् रु पाँच हजार, बन्दिपुरका रवि श्रेष्ठ, कैलाश श्रेष्ठमार्फत् रु सात हजार, भानुका वीरबहादुर लामा, मनोज श्रेष्ठमार्फत् रु छ हजार, घिरिङका गोपाल विक मार्फत् रु पाँच हजार र म्याग्देका सुरेन्द्र अधिकारी र शङ्कर रानाभाटमार्फत् रु पाँच हजार सहयोग गरिएको छ ।