काठमाडौ: नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् । पौडल पक्षका नेताहरुको बैठक बसुन्धारास्थित दियालो पार्टी प्यालेसमा सुरु भएको छ ।
छलफलमा कांग्रेसका महामन्त्री शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, रामशरण महत, सुजाता कोइराला लगायत १८ जना बैठकमा उपस्थित हुनुहुन्छ ।
संविधान अनुसार भदौ १९ अगाडि महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको नेता अर्जुन नरसिंह केसीले बताउनुभयो । पार्टीको क्रियाशिल सदस्यका विषयमा संस्थापन पक्षले अनियमितता गरेको आरोप केसीले लगाउनुभयो।