महेश आश्रमका संस्थापक गिरीको नाममा देवघाटमा अनुसन्धान केन्द्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महेश आश्रमका संस्थापक गिरीको नाममा देवघाटमा अनुसन्धान केन्द्र

    खबरपुञ्ज संवाददाता

    १० असार २०७८, शुक्रबार

    तनहुँ : महेश-संस्कृत-गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरीको नाममा तनहुँकाे देवघाटमा अनुसन्धान केन्द्रको शुभारम्भ गरिएको छ । नेपालमा रहेर संस्कृत शिक्षाको प्रसारमा प्रशंसनीय काम गरेका गिरिको नाममा महेश आश्रम क्षेत्रमा नै अनुसन्धान केन्द्रको ६ असारदेखि शुभारम्भ गरिएको आश्रमले जनाएको छ ।

    आइतबार गङ्गादशहराकोअवसरमा स्वामी सच्चानन्द पुरीले रामानन्द अनुसन्धान केन्द्रको शुभारम्भ गरे । कार्यक्रममा महेश-संस्कृत-गुरुकुलका संरक्षक मधुसूदनानन्द गिरी, पीठाधीश रमणानन्द गिरी, विद्यापीठका प्राचार्य डा. गुरुप्रसाद सुवेदी, गुरुकुलका प्रधानाध्यापक फणीन्द्रप्रसाद पौडेल लगायतको सहभागिता थियो ।

    कार्यक्रममा नेपाल तथा विदेशमा रहेकाहरूलाई जुम प्रविधिमार्फत् जोडिएको थियो । सनातन ज्ञान-विज्ञान र नेपालको मौलिक इतिहास, परम्परा एवं नेपाली संस्कृतिको अध्ययन, अनुसन्धानका लागि आध्यात्मिक अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको कार्यक्रमका वक्ताहरूले बताएका थिए ।

    अनुसन्धान केन्द्रले नेपालका सबै जातजाति, भाषा, संस्कार, संस्कृतिको सनातन स्रोत खोज्दै मौलिक  नेपाली पहिचानको अन्वेषण गर्ने विज्ञहरूले बताएका थिए । अनुसन्धान केन्द्रको प्रारम्भिक लागत ५० करोड रहेको बताइएको छ ।