युनियन लाइफले ग¥यो ५ लाख मृत्यु दाबी भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युनियन लाइफले ग¥यो ५ लाख मृत्यु दाबी भुक्तानी

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७८, शनिबार

    दुलेगौँडा : युनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले ५ लाख बढी मृत्युु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिवार शुक्लागण्डकी नगरपालिका–८ का बिमित लेखबहादुर मल्लको श्रीमती सुमित्रा मल्ललाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।


    स्वर्गिय मल्लले २०७६ मंसिरमा ५ लाख रुपैयाँको बिमा गर्नुभएको थियो । उहाँले प्रथम बिमा वापतको ३२ हजार रुपैया कम्पनीमा बुझाउनु भएको थियो । गत चैतमा उहाँको निधन भयो ।


    शनिबार कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी –८ का वडा सदस्य रोमबहादुर सिहंले चेक हस्तानतरण गर्नुभयो । वडा सदस्य सिहंले जिवन बिमा सबैले गर्नुपर्नेमा जोड दिनुभयो ।


    बिमितको हकवाला मल्लले जीवन बिमाको महत्व अनुभव गरेको बताउनुभयो । उहाँले श्रीमानको बिमाबाट आएको रकम छोराछोरीको बिमामा खर्चने उल्लेख गर्नुभयो ।