दमौली : कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सुचारु भएको छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि सरकारी कार्यालयले आन्तरिक सेवा बाहेकका कार्य स्थगित गरेका थिए ।
लामो समय कार्यालयको सेवा प्रवाह रोकिदा सर्वसाधारणलाई समस्या परेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेको थियो । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सबै कार्यालयले सेवा दिनेछन् ।
मालपोत कार्यालयले भने बार अनुसार सेवा दिने भएको छ । सर्वसाधारणको अत्याधिक भीड हुने भएकाले बार अनुसार सेवा दिन लागिएको कार्यालयले जनाएको छ ।