भानु : तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा पहिरो खस्दा डुम्रे–वेशीशहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण उक्त ठाउँमा आज बिहान पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरो गएर सडक अवरोध हुनुका साथै कल्भर्ट समेत बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । भानु नगरपालिका–१ अधेरीखोलाको पहिरो हटाएपछि शनिबारबाट उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको थियो ।
पहिरो हटाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पटक–पटक सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।
फाइल फोटो