पहिरो पीडितलाई रेडक्रसद्वारा राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरो पीडितलाई रेडक्रसद्वारा राहत

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    दमाैली : केही दिन अगाडी वर्षासँगै आएको पहिरोबाट पीडित भएकालाई नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले राहत वितरण गरेको छ । बाढीपहिरोबाट पीडित भएकालाई सोसाइटीले गैरखाद्य राहत सामग्री उपलब्ध गराएको हो ।

    जिल्लास्थित विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट प्रभावित व्यक्ति तथा क्षतिको विवरण २४ घण्टाभित्र सङ्कलन गरी स्थलमै पुगी राहत वितरण गरिएको रेडक्रस तनहुँकी मन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार रेडक्रसले बन्दीपुर गाउँपालिकाका एक सय ३३ घरपरिवारलाई राहत वितरण गरेको छ ।

    त्यसमध्ये ५० घरधुरीलाई त्रिपाल, कम्बल, वाल्टिन, लत्ताकपडा वितरण गरिएको छ भने ८२ घरपरिवारलाई त्रिपाल र कम्बल वितरण गरिएको छ । साथै भीमाद नगरपालिकाका एक, व्यासका पाँच तथा म्याग्दे गाउँपालिकाका तीन प्रभावित घर परिवारलाई राहत वितरण गरिएको छ ।

    रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्लेले विपद्को समयमा रेडक्रस सधैँ अग्रपङ्क्तिमा रहने बताउनुभयो । यस वर्षको मनसुन सक्रिय भइसकेको र वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोको जोखिम रहेकाले रेडक्रसमा गैरखाद्य राहत वितरण सामग्री भण्डारण रहेको उहाँले जानकारी दिनुभयो ।