दमौली : केही दिन अघिको वर्षासँगै आएको पहिरोबाट पीडित पॉच परिवारलाई विवेकशील साझा पार्टी तनहुँ र व्यास नगर समितिले राहत उपलब्ध गराएको छ ।
पहिरोबाट पीडित व्यास-१२ देउरालीका पॉच परिवारलाई त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको विवेकशील साझाका जिल्ला संयोजक सागर घिमिरेले जानकारी दिनुभयो ।
पहिरोले घर जोखिममा परेपछि ती परिवार छिमेकीको दुई वटा घरमा बॉडिएर बसिरहेका छन् । “पहिरोबाट समस्यामा परेको थाहा पाएपछि राहत वितरण गरेका हौ,” घिमिरेले भन्नुभयो ।