बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेशसँग माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन प्रदेशसँग माग

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    दमौली : गत केही दिनदेखि परेको वर्षाका कारण पीडित भएका तनहुँका जनतालाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको संयोजकत्वमा सोमबार बसेको बैठकले अविरल वर्षाबाट तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा बाढी पहिरोले भौतिक तथा मानवीय क्षति पुर्‍याएको हुँदा तत्काल राहत स्वरुप ग्याविन जाली, कम्बल, त्रिपाल तथा अन्य राहत सामग्री उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेको हो ।

    बैठकले अविरल वर्षाबाट तनहुँको विभिन्न ठाउँमा गएको पहिरोबाट सडक अवरुद्ध भएकाले समयमै पहिरो हटाई यातायात आवागमनलाई सहजता पुर्‍याउन सडक डिभिजन कार्यलय तनहुँलाई जिम्मेवारी तोक्ने निर्णय भएको समन्वय समितिका प्रवक्ता एवं सदस्य गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

    व्यास-१ र १३ जोड्ने छाब्दी खोलामा रहेको पक्की पुल पूर्ण रुपमा क्षति भएकाले आवागमन तत्काल सञ्चालन गर्न आवश्यक पर्ने अस्थायी संरचना निर्माणका लागि बजेट तथा प्राविधिक जनशक्ति व्यासले उपलब्ध गराउने भएको छ । आवश्यक जनश्रमदानका लागि सेनालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

    छाब्दीखोलामा यातायात तत्काल सञ्चालन गरि जनजीवन सामान्य बनाउन बेलिब्रीज निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारसँग अनुरोध गरिएको छ । प्रदेश सरकारबाट उक्त बेलिब्रीज संरचना निर्माणका लागि यथासिघ्र कार्य बढाउन ढिला हुन गएमा उक्त संरचनाको निर्माण कार्य अगाडि बढाउन ब्यास नगरपालिकालाई जिम्मेवारी दिने निर्णय भएको छ।

    बैठकमा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, व्यासका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्यको उपस्थिति थियो ।