


एजेन्सी : स्पेनलाई ट्राइबेकरमा स्तब्ध पार्दै इटाली युरोकपको फाइनलमा पुगेको छ । बुधबार बिहान सकिएको खेलमा ट्राइबेकरमार्फत् इटालीले फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा दुवै टिमका तर्फबाट १/१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । इटाली ट्राइबेकरमा ४-२ ले विजयी भयो।
पहिलो हाफ शुन्य बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० मिनेटमा फेडरिको चियासाले इटालीलाई एक गोलको अग्रता दिलाएका थिए । ८० औ मिनेटमा मोराटाले जवाफी गोल फर्काउँदा खेल बराबरीमा आएको थियो। खेलमा गोल गरेका मोराटाले ट्राइबेकरमा गोल गर्न नसकेपछि स्पेन सेमिफाइनलबाटै बाहिरिएको छ ।