वरिष्ठ नेता पौडेलले लिए क्रियाशील सदस्यताबारे जानकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वरिष्ठ नेता पौडेलले लिए क्रियाशील सदस्यताबारे जानकारी

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७८, शनिबार

    काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर समितिको कामका बारेमा जानकारी लिनुभएको छ ।

    समितिले हाल काम गरिरहेको तिलगङ्गास्थित नेपाल–भारत मैत्री धर्मशाला पुगेर नेता पौडेलले समितिले अहोरात्र खटेर काम गरिरहेको भन्दै कामको प्रशंसा गर्नुभएको समिति प्रवक्ता प्रदीप पौडेलले जानकारी दिनुभयो । साथै उहाँले निर्धारित समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने भएकाले क्रियाशील सदस्यताको काम समयमै टुङ्गो लगाउनसमेत निर्देशन दिनुभएको प्रवक्ता पौडेलले बताउनुभयो ।

    समितिले हालसम्म १०७ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यतासम्बन्धी काम सम्पन्न भइसकेको र अन्य क्षेत्रको पनि निर्धारित समयमै सम्पन्न हुने जनाएको छ । कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि यही असार ३० गतेभित्र तोकेको छ ।