तनहुँका छिमेकी जिल्लामा भेटियो कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँका छिमेकी जिल्लामा भेटियो कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा’

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७८, आईतवार

    तनहुँ : कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा’ तनहुँको छिमेकी जिल्लामा पनि भेटिएको छ । गोरखा र स्याङ्जामा कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा पुष्टि भएको हो ।

    गोरखाका तीन महिला र स्याङ्जाका दुई पुरुष गरी पॉच जनामा उक्त भेरियन्ट पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७०,३३,४० वर्षीया महिला र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १४,६० वर्षीय पुरुषमा डेल्टा भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

    यो पहिलो अल्फा भेरियन्टमा भन्दा सङ्क्रमण हुने दर केही बढी भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।