छाब्दीखोलामा डाइभर्सन बनेपछि पौडेलले भने – काम गर्नेले कम बोल्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दीखोलामा डाइभर्सन बनेपछि पौडेलले भने – काम गर्नेले कम बोल्छ

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७८, सोमबार

    दमौली : तनहुँको व्यास-१ र १३ जोड्ने छाब्दीखोलामा आइतबारबाट डाइभर्सन सञ्चालनमा आएपछि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिकालाई धन्यवाद दिनुभएको छ । नगरपालिकाले ह्युमपाइप राखेर डाइभर्सन सञ्चालन गरेपछि पौडेलले फेसबुकमार्फत् भन्नुभयो, “काम गर्नेले कम बोल्छ – काम धेरै गर्छ ।”

    दिनरात खटेर स्थानीय तहले आफ्नो श्रोत साधन प्रयोग गरेर उत्तर र दक्षिणका जनतालाई जोड्ने बाटो सञ्चालन गरेको भन्दै पौडेलले उक्त ठाउँमा स्थायी संरचना बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    ११ दिनअगाडी छाब्दीखोलाले पुल बगाएपछि त्यस भेगका जनतालाई सास्ती हुँदै आएको थियो ।