एजेन्सी : युरोकपको उपाधि इटालीले जितेको छ । सोमबार बिहान सकिएको खेलमा ट्राइबेकरमार्फत् ३-२ ले इटाली युरोकपको च्याम्पियन बनेको हो । पहिलो पटक फाइनलमा पुगेको इङ्ग्ल्याण्डको युरोकप जित्ने सपना चकनाचुर भएको छ ।
यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।
इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।