चितवन : गण्डकी प्रदेशको गोरखा र स्याङ्जापछि चितवनमा पनि कोरोनाको नयॉ भेरियन्ट ‘डेल्टा’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षण गर्न पठाएको नमूनामा ‘डेल्टा’ भेरियन्ट फेला परेको हो ।
भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पॉच वटा भरतपुर महानगरभित्रका स्वाबका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ पठाइएकामा सो प्रयोगशाला मार्फत् दुईवटा नमूना अन्तराष्ट्रिय प्रयोगशालामा Gene sequecing गर्न पठाइएको र दुवै नमूनाहरुमा डेल्टा भेरियन्ट प्रमाणित भएको अस्पतालले जनाएको छ ।
डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरुले बताएका छन् ।