दमाैली : सर्वोच्च अदालतको फैसलाको विरोधमा युवा सङ्घ तनहुँले दमौलीमा राँके जुलुश निकालेको छ । संसद पुनस्र्थापनासँगै काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश जारी भएपछि सङ्घले सोमबार साँझ दमौलीमा राँके जुलुश प्रदर्शन गरेको हो ।
राँके जुलुशमा युवा सङ्घका कार्यकर्ताले प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा विरुद्ध नारा लगाएका थिए । युवा सङ्घ तनहुँका संयोजक उज्वल खनालले अदालतले राजनीति गर्न खोजेको भन्दै फैसला फिर्ता लिन चेतावनी दिनुभयो ।
प्रहरीलाई छक्याउँदै पुत्ला
दमाैलीस्थित मुख्यचाेकमा नाराबाजीमा उत्रिएका युवासङ्घका कार्यकर्ताले प्रहरीलाई छक्याउँदै पुत्ला समेत दाेहन गरेकाे छ । मुख्यचाेकमा नाराबाजी गरेर कालिकामार्ग नजिकबाट पुत्ला दाेहन गरिएकाे थियाे ।
सर्वोच्च अदालतको फैसलाको विरोधमा युवासंघको विरोध @ दमौली (Live) Madan TimalsenaAnjan
Posted by Khabarpunja on Monday, July 12, 2021