डिभिजन वनद्वारा विज्ञानचौर टोललाई डस्टबीन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिभिजन वनद्वारा विज्ञानचौर टोललाई डस्टबीन

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७८, मंगलवार

    दमौली : डिभिजन वन कार्यालय तनहुँले व्यास-१ स्थित विज्ञानचौर टोललाई डस्टबीन वितरण गरेको छ । फोहरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन शर्त जनचेतना अभिवृद्धि कार्यक्रम मार्फत् टोललाई ४० थान डस्टबीन वितरण गरिएको हो।

    डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले टोल विकास संस्थाका अध्यक्ष भरत पन्थलाई मंगलबार डस्टबीन हस्तान्तरण गर्दै सरसफाईका हिसाबले विज्ञानचौरलाई नमूना टोल बनाउन आग्रह गर्नुभयो ।

    सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले फोहरको वर्गीकरण गरी टोललाई स्वच्छ र सफा बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा सहायक वन अधिकृत चुडामणि बराल, टोल विकास संस्थाका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले धारणा राख्नुभएको थियो ।

    वन कार्यालयले विभिन्न टोल विकास संस्था र विद्यालयमा डस्टबीन वितरण गर्नुका साथै वातावरणीय सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।