तनहुँमा साउन १० सम्म लम्बियो निषेधाज्ञा, अब रेष्टुरेन्ट पनि खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा साउन १० सम्म लम्बियो निषेधाज्ञा, अब रेष्टुरेन्ट पनि खुल्ने

    खबरपुञ्ज संवाददाता

    २८ असार २०७८, मंगलवार

    तनहुँ : तनहुँमा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    यसअघि थप भएको निषेधाज्ञा असार ३१ गतेसम्म कायम छ । पछिल्लो समय थप भएकै मोडालिटीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    उहॉका अनुसार अब थपिएको निषेधाज्ञाका क्रममा जिल्लाका सबै सडकखण्डमा सार्वजनिक यातायात सञ्चालन हुनेछ । “यसअघि पृथ्वीराजमार्गमा मात्रै सार्वजनिक यातायात सञ्चालन भएपनि अब जिल्लाभर जोरविजोरबाट यातायात चल्नेछन,” उहॉले भन्नुभयो ।

    त्यस्तै रेष्टुरेन्ट दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको छ।

    खाद्यान्न तथा अत्यावश्यक पसल बिहान ५ देखि ११ बजेसम्म र अन्य पसल ९ देखि ३ बजेसम्म खुल्दै आएको छ ।