तनहुँ : २०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा तनहुँ शाखाको प्रथम भर्चुअल भेला सम्पन्न भएको छ।भेला मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
उपाध्यक्षमा संगम सापकोटा(देवघाट) ,सचिव कल्पना घिमिरे (ऋषिङ) कोषाध्यक्षमा रामचन्द्र पौडेल(भिमाद), सह सचिवमा जुना खड्का(शुक्लागण्डकी) चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा लक्ष्मी तिम्सिना, अमरराज नहर्की, अन्जना तिम्सिना र सन्देश घिमिरे चयन हुनुभएको छ । यसैगरी सल्लाहकारमा आकाश अधिकारी र शिव आर्य चयन हुनुभएको छ।
कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारीलेनेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट सुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियानले नेपाली भाषा साहित्यको विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
गण्डकी प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद मिश्रले प्रतिष्ठानले देशका सबै प्रदेशका स्रष्टाहरुको अभिलेख राख्न आवश्यक भएको र त्यसको लागि गण्डकी प्रदेश लागि पर्ने जस्को लागि जिल्ला समितिले पहल गर्नुपर्ने बताउनुभयो। विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले संस्थाको विदेश विभाग गठनको क्रममा रहेकाले गैरआवसीय नेपाली स्रष्टाहरु अभियानमा जोडिन आव्हान गर्नुभयो ।
तनहुँ अध्यक्ष दिवाकर भट्टराईले संस्थाको विधि अनुरुप रहेर तनहुँ जिल्लामा साहित्यको माध्यमबाट नेपाली भाषा साहित्यको विकास र विस्तारमा जोड दिने उल्लेख गर्नुभयो ।