तनहुँ : तनहुँमा बुधबारदेखि कोभिड -१९ विरुद्धको खोप अभियान शुरु भएको छ । लक्षित समूह र प्राथमिकताका आधारमा जिल्लामा खोप अभियान शुरु भएको छ ।
जिल्लाका दशवटै स्थानीय तहमा २७ हजार बढीलाई खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कतिपय स्थानीय तहमा बुधबारदेखि नै खोप अभियान शुरु भएको छ भने कतिपयमा बिहीबारदेखि खोप अभियान शुरु हुनेछ ।
कस्ता व्यक्तिलाई खोप ?
यसक्रममा ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउन बॉकी सबै नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिक, सार्वजनिक यातायातका चालक र सहचालकले खोप लगाउन पाउनेछन् ।