दमौली मुस्लिम युथद्वारा विपन्नलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली मुस्लिम युथद्वारा विपन्नलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७८, बुधबार

    दमाैली : दमौली मुस्लिम युथ ग्रुपले भानु नगरपालिका र बन्दीपुरका तीन विपन्न परिवारलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । भानुस्थित तुरतुरेका दुई र बन्दीपुर गाउँपालिका डुम्रेस्थित एक परिवारलाई मुस्लिम युथको तर्फबाट खाद्यान्न तथा नगद सहयोग गरिएको हो ।

    उहाँहरुको अवस्थाका बारेमा जानकारी पाएपछि दमौलीका मुस्लिम समुदायबाट रकम सङ्कलन गरी खाद्यान्न तथा नगद सहयोग गरिएको अध्यक्ष सलमान अलीले जानकारी दिनुभयो । उहाँका अनुसार भानु तुरतुरेस्थित जलेखा खातुन, तुरतुरेकै एक र डुम्रेका एक परिवारलाई खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गरिएको छ ।

    No description available.

    “सङ्कलित रकमबाट आवश्यक सामग्री पीडितसम्म पु¥याएका छौ, साथै अति न्यून अवस्थामा रहनुभएकी जलेखा खातुनको थप सहयोगका लागि पनि पहल गरेका छौ,” उहाँले भन्नुभयो ।

    No description available.