ऑबुखैरेनी : सुत्केरीलाई पोषण भत्ता, अण्डा र कुखुराको भाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी : सुत्केरीलाई पोषण भत्ता, अण्डा र कुखुराको भाले

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, बिहीबार

    ऑबुखैरेनी : ऑबुखैरेनी गाउँपालिकाले सुत्केरीलाई पोषण भत्तालाई आगामी वर्षपनि निरन्तरता दिँदै थप पोषण बापत अण्डा र कुखुराको भाले उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विगतका वर्षदेखि उपलब्ध गराउँदै आएको पोषण भत्तालाई कायमै राखी आगामी वर्षदेखि थप पोषण बापत अण्डा, माछा, मासु र अन्य पोषणयुक्त खानेकुराको व्यवस्था गर्ने भएको छ ।

    गाउँपालिकाले संस्थागत सुत्केरीलाई पोषण भत्ता बापत रकम गराउँदै आएको छ । आगामी वर्षदेखि सुत्केरीलाई कुखुराको भाले र एक क्रेट अण्डा पनि उपलब्त्र गराउन बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    ‘आमासँग पालिका’ कार्यक्रम अन्तर्गत सबै गर्भवतीलाई प्रोटोकल बमोजिम चार पटक गर्भजाँच गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अनुगमनका लागि स्वास्थ्यकर्मीलाई घरघरमा नै स्वास्थ्य जाँचको व्यवस्था मिलाउनेछ । साथै अत्यावश्यक औषधि पनि घरमै उपलब्ध गराउने नीति लिइएको पोख्रेलले जानकारी दिनुभयो ।

    हाल तीन वटा वडाहरुमा मात्र भएको बर्थिङ सेन्टरको क्षमता अभिवृद्धि गरी थप वडा नं १ र २ मा समेत बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने, पोषण, खोप, परिवार नियोजन बालस्वास्थ्य जस्ता कार्यक्रमहरुको सूचक उच्च बनाउन प्रयास गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सबै सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्सको व्यवस्था गरी एक जना शिक्षकलाई प्राथमिक उपचारको तालिम, सबै विद्यालय र आमा समूहमा विद्यालय स्वास्थ्य शिक्षा र आमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन, बालबालिका, गर्भवती साथै कोभिड लगायतका खोपहरुको कोल्डचेन व्यवस्था गर्न कोल्डरुम्को व्यवस्था, विपन्न, नागरिक, दलित, अपाङ्ग तथा सीमान्तकृत समूहमा उपचारका लागि न्यूनतम आर्थिक सहयोगको व्यवस्था मिलाइने जनाइएको छ ।